Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मोहमम्द सलाहको तुलना मेस्सीसँग गर्न मिल्दैन

$
0
0

एजेन्सी, ४ चैत्र । यस सिजन मोहमम्द सलाहले प्रिमियर लिगमा सबैको चर्चाको विषय बनेका छन् । यसै सिजन ३७ मिलियन पाउण्डमा लिभरपुल आएका उनले ३० खेलमा २८ गोल गरेका छन् ।

उनको यस फर्मले गर्दा हुनसक्छ उनको तुलना बार्सिलोना स्टार लियोनल मेस्सीसँग हुन थालेको छ ।

लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् जसले पाँच पटक सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।

लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले लियोनल मेस्सीसँग मोहमम्द सलाहको तुलना गर्न नमिल्ने बताएका छन् ।

यस्तो तुलनाले मोहमम्दलाई फाइदा नगर्ने समेत उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मोहमम्द सलाहसँग लियोनल मेस्सीसँग तुलना गर्न मिल्दैन । तर, मोहमम्द सलाह एक दिन विश्वकै उत्कष्ट खेलाडी बन्नेछन् ।’

प्रिमियर लिगमा ३१ खेल खेलेको लिभरपुल ६३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लिभरपुलले म्यानचेस्टर सिटीसँग आमनेसामने गर्दैछ ।

The post मोहमम्द सलाहको तुलना मेस्सीसँग गर्न मिल्दैन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images