Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

निजगढ गोल्डकप : उपाधि चौधरी ११ लाई

$
0
0

बारा, ३ चैत । चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चौधरी ११ ले हात पारेको छ । विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफ क्लबलाई पराजित गर्दै चौधरी ११ विजयी भएको हो ।

निजगढ–४ कछडिया खेल मैदानमा भएको खेलमा चौधरी ११ का गजेन्द्र चौधरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । चौधरी ११ ले प्रतियोगिताको शिल्ड सहित एक लाख रुपैयाँ हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको एपीएफले ५० हजार प्राप्त गरेको छ ।

चौधरी ११ को क्षेत्रिय स्तरको यो वर्षको तेस्रो उपाधि हो । चौधरी ११ ले यसअघि पिपरा गोल्डकप र पर्सागढी गोल्डकपको उपाधि जितेको थियो ।

निजगढ गोल्डकपको साविक उपविजेता चौधरी ११ ले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो । एपीएफ पहिलो पटक निजगढ गोल्डकपको भिडन्तमा पुगेको हो । चौधरी ११ लगातार दोश्रो पटक निजगढ गोल्डकपको फाईनलमा पुगेको हो ।

The post निजगढ गोल्डकप : उपाधि चौधरी ११ लाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles