एजेन्सी, ५ चैत्र । आइतबार राति भएको स्पेनिस लि लालिगामा बार्सिलोनाले एथ्लेटिको बिलबाओलाई २-० गोलले पराजित गरेको छ ।
बार्सिलोनाको जितमा फ्रान्सीसको अल्कासर र लियोनल मेस्सीले एकएक गोल गरेका थिए ।
पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सकेन ।
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले थप गोल गर्ने अवसरहरु चुकाएका थिए ।
यो जितसँगै बार्सिलोनाको अपराजित यात्रा कायम रहेको छ भने लिग तालिकामा २९ खेलमा ७५ अंक भएको छ ।
The post बार्सिलोनाको सानदार जित appeared first on Sajha Post.