Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डो एक्लैले चार गोल गरेपछि…

$
0
0

एजेन्सी, ५ चैत्र । रोनाल्डोको रियल फर्मले पछिल्लो समय सबैलाई आश्चर्यमा पारेको छ ।

गए राति जिरोनाविरुद्धको खेलमा उनी एक्लैले चार गोल गरेका थिए । रियलको खेललाई लिएर विवाद चलिरहेको छ । तर, पछिल्लो समय रियलले सबै आलोचकको मुख बन्द गरिदिएको छ ।

गए राति भएको खेलमा रियल मड्रिडले जिरोनालाई ६-३ गोलले पराजित गरेको छ । रियलका लागि चार गोल क्रिस्टियानो रोनाल्डो र एकएक गोल ग्यारेथ बेल र लुकास भाजकुइजले गरेका थिए ।

जिरोनाका लागि दुई गोल क्रिस्टियन स्टुयानी र एक गोल जुएनीले गरेका थिए । यो जितसँगै रियलको २९ खेलमा ६० अंक भएको छ । बार्सिलोनाभन्दा १५ अंकले पछि रहेको रियल यस सिजन धेरै नै उतारचढाब देखेको छ ।

तर, सुरुवाती समयमा कम गोल गरेर आलोचित बनेका रोनाल्डोले भने मेस्सीलाई टक्कर दिन थालेका छन् । लियोनल मेस्सीको २५ गोल छ भने रोनाल्डोको २२ गोल रहेको छ ।

उता एट्लेटिको मड्रिडलाई झट्का लागेको छ । भिल्लारियलसँगको खेलमा एट्लेटिको मड्रिड २-१ गोलले पराजित भएको छ । १० जनामा सिमित एट्लेटिको मड्रिडका लागि एन्टोनियो ग्रिजम्यानले गोल गरेका थिए । तर, खेल सकिन लाग्दा भिल्लारियलले सानदार कमव्याक गरेको थियो । भिल्लारियलका लागि इनिस युनलले गरेका थिए ।

The post रोनाल्डो एक्लैले चार गोल गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles