Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालको निकै फितलो प्रदर्शन, नेदरल्याण्डसामु जम्मा ९५ रनको चुनौती

$
0
0

काठमाडौं, २९ साउन । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको आफ्नो पहिलो खेलमा नेपाल जम्मा ९४ रनमा समेटिएको छ । यससँगै घरेल टोली नेदरल्याण्डले ९५ रनको झिनो लक्ष्य पाएको छ ।

Nepal Vs Netherlands

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । यसक्रममा अनिल मण्डलले २०, शरद भेसवाकरले १४, सोमपाल कामीले १२ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

कप्तान पारस खड्का गोल्डेन डकआउट भएको पारीमा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतियोगितामा जीवित रहन नेपालका लागि नेदरल्याण्डसँगको यो खेल निकै नै महत्वपूर्ण छ । प्रतियोगितामा हालसम्म १० अंक जोडेको नेदरल्याण्ड पहिलो र नेपाल ४ अंकसहित छैटौँ स्थानमा छन् ।

नेपालले नेदरल्याण्डसँगको आफ्नो दोस्रो खेल सोमबार खेल्नेछ ।

The post नेपालको निकै फितलो प्रदर्शन, नेदरल्याण्डसामु जम्मा ९५ रनको चुनौती appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles