Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

के रोनाल्डो चीन जाने तयारीमा छन् ?

$
0
0

एजेन्सी, ७ चैत । ब्राजिलियन प्रशिक्षक फिलिप स्कोलारीले रोनाल्डोले बारम्बार चीनबारे सोधेको बताएका छन् । यस सिजन उच्च फर्ममा रहेका उनले ३५ खेलमा ३७ गोल गरेका छन् ।

३३ वर्षिय रोनाल्डोको भविष्य अब कता भनिरहँदा उनले चीनबारे सोधेको स्कोलारीले बताए । स्कोलारी सन् २०१५ देखि २०१७ सम्म चीनमा रहेका थिए ।

चाइनीज सुपर लिग वा एमएलएस जाने तयारीमा रोनाल्डो रहेको कतिपय मिडियाले बताइरहँदा यस्तो रहस्यबाहिर आएको हो ।
स्कोलारीले भनेका छन्, ‘रोनाल्डो मसँग बारम्बार चीनबारे जान्न चाहन्थे । मलाई चीनबारे धेरै पटक सोधे ।’

उनले थप्दै भने, ‘चीन एउटा विशाल देश हो । ठुला ब्राण्डहरु यहाँ रहेका छन् । जसले पनि मौका पाउँछ उ एकपटक चीन जानै पर्ने मैले बताएको थिए ।’

रोनाल्डोको रियल मड्रिडसँगको सम्झौता सन् २०२१ सम्म रहेको छ । यस कारण पनि रोनाल्डो आफ्नो भविष्य अब कहाँ भन्ने विषयमा चिन्तित रहेका छन् ।

The post के रोनाल्डो चीन जाने तयारीमा छन् ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles