एजेन्सी, ७ चैत । अन्तराष्ट्रिय आतंकवादी संगठन आइएसआइएसले एउटा पोस्टर सार्वजनिक गर्दै बार्सिलोना स्टार लियोनल मेस्सीलाई धम्की दिने काम गरेका छन् ।
उक्त पोस्टर आइएसको मुखपत्र वाफा मिडिया फाउण्डेसनले सार्वजनिक गरेको हो ।
पोस्टरमा लियोनल मेस्सीलाई एक जिहादीले नियन्त्रणमा लिएर सन्देश दिन खोजिएको छ ।
पोस्टरमा मस्को स्थित रहेको लुजनिकी स्टेडियमको झलक देखिन्छ । घुडामा बसेका मेस्सीलाई जिहादीले सजाय दिनु पुर्वको अवस्था देखाइएको छ । उक्त स्टेडियममा रसिया भर्सेज साउदी अरेबिया, पोर्चुगल भर्सेज मोरक्को, डेनमार्क भर्सेज फ्रान्स, जर्मनी भर्सेज मेक्सिको खेलहरु १६ जुलाइमा हुनेछन् ।
त्यस्तै सार्वजनिक गरिएको अर्को पोस्टमा मेस्सीको आखाँबाट रगतको आँशु बगेको देखाईएको छ । त्यस्तै अर्को पोस्टरमा एक लडाकुले स्टेडियम तहसनहस पार्ने तयारीमा रहेको देखाइएको छ ।
The post मेस्सीलाई आतंकवादी संगठन आइएसआइएसले धम्की दियो appeared first on Sajha Post.