एजेन्सी, ८ चैत । फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले लियोनल मेस्सीबारे प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय मेस्सीले अर्जेन्टिनालाई खासै केही योगदान गर्न नसकेको अरोप लागेपछि म्यारोडोनाले प्रतिक्रिया दिएका हुन् । म्यारोडोनाले लियोनल मेस्सीले प्रमाणित गर्न केही बाँकी नरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘लियोनल मेस्सीले सबै जितेको छ । उसले प्रमाणित गर्नुपर्ने केही बाँकी रहेको छैन ।
सन् २०१४ को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग फाइनलमा पराजित भएको थियो । त्यस्तै कोपा डेल रेमा पनि चिलीसँग अर्जेन्टिना दुई पटक पराजित भएको थियो । ‘
बार्सिलोना क्लबबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनले ला लिगा, च्याम्पियन्स लिग जस्ता उपाधिहरु भने धेरै पटक जितेका छन् ।
फुटबल विश्लेषकहरुले उनलाई क्लब खेलाडीको संज्ञा दिएपछि म्यारोडोनाले आफ्नो प्रतिक्रिया दिएका हुन् ।
म्यारोडोनाले सन् १९८६ मा भएको विश्वकपको उपाधि अर्जेन्टिनालाई जिताउन सफल भएका थिए । सन् २०१८ मा रसियामा हुने विश्वकपप्रति आफ्नो ध्यान बढाउन म्यारोडोनाले मेस्सीलाई सुझाव दिएका छन् ।
अर्जेन्टिनालाई पुन एक पटक विश्वकप जित्ने दाबेदार टोलीका रुपमा हेरिएको छ ।
The post लियोनल मेस्सीबारे यसो भन्छन् डियोगो म्यारोडोना appeared first on Sajha Post.