काठमाडौं, ८ चैत । इन्डियन प्रिमियर लिग आइपिएलका लागि अनुबन्धित सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले एक नम्बरको जर्सी प्रदान गरेको छ ।
काठमाडौंको एक होटलमा बिहीबार साँझ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सन्दिपको जर्सी सार्वजनिक गरेका हुन् ।
दिल्लीले सन्दीपलाई १ नम्बरको जर्सी दिएको छ । २० लाख भारतीय रुपैयाँमा दिल्लीबाट अनुबन्धित सन्दीप आउँदो मंगलबार आइपिएलको अभ्यासका लागि भारत जाँदैछन् ।
The post दिल्ली डेयरडेभिल्सले दियो सन्दीपलाई १ नम्बरको जर्सी appeared first on Sajha Post.