Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रतिष्ठाको लडाइँमा यमनसँग भिड्दै नेपाल

$
0
0

काठमाडाैं, १३ चैत । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आज राति ९ बजे तटस्थ मैदान कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा हुनेछ ।

यमनमा आन्तरिक हिंसा जारी रहेकाले उसको मैदानमा हुनुपर्ने सबै खेलहरु तटस्थ मैदानमा आयोजना गरिँदैं आएको छ । समूह ‘एफ’अन्तर्गत्को यो खेल नेपालको लागि औपचारिकतामात्रै हुनेछ ।

एसियन कपका लागि छनोट हुने सम्भावना सकिएकाले यो खेल नेपालका लागि प्रतिष्ठाको लडाइँमात्रै बनेको छ ।

नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । दुई अंकमात्र जोडेको नेपाल अंक तालिकाको पुछारमा छ ।

The post प्रतिष्ठाको लडाइँमा यमनसँग भिड्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles