एजेन्सी, १३ चैत । सोमबार राति भएको मैत्रीपूर्ण खेलमा चीनको अर्को लज्जास्पद हार भएको छ । चेक रिपब्लिकसँग चीन ४-१ गोलले पराजित भएको छ ।
खेलको पाँचौ मिनेटमा चीनले जियाओडोङले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, त्यसपछि खेलमा चेक रिपब्लिकले सानदार कमव्याक गरेको थियो । चेक रिपब्लिकका लागि टोमस, प्याट्रिक, माइकल र पाभेलले एकएक गोल गरेका थिए ।
त्यस्तै हिजो नै भएको अर्को मैत्री पुर्ण खेलमा उरुग्वेले वेल्सलाई १-० गोलले पराजित गरेको छ । उरुग्वेका लागि एकमात्र गोल इडिसन काभानीले गरेका थिए ।
The post चीन फेरि हार्यो, उरुग्वेको कठिन जित appeared first on Sajha Post.