Image may be NSFW.
Clik here to view.
एजेन्सी, १३ चैत । सोमबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल नेदरल्याण्डसँग ३-० गोलले पराजित भएको छ । विश्वकपमा छनोट हुन नसकेको नेदरल्याण्डसँग पोर्चुगलको लज्जास्पद हार भएको हो ।
पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पछिल्ला खेलमा गोलहरुको वर्षा नै गरेका थिए । तर, यस खेलमा भने गोल गर्न सकेनन् । बलियो प्रतिष्पर्धी भएका कारण पनि उनले बारम्बार चुकेका थिए ।
नेदरल्याण्डका लागि मेम्पिस डिपेइले खेलको ११ औ मिनेटमा, रायन बाबेलले खेलको २२ औ मिनेटमा र विर्गिल भान डिजेकले खेलको ४६ औ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको नेदरल्याण्डले दोस्रो हाफमा पनि सम्हालिएको खेल खेलेको थियो ।
१० खेलाडीमा सीमित भयो पोर्चुगल थप गोल खानबाट बचेको थियो । खेलको ६१ औ मिनेटमा कावाको क्यानसेलो दोहोरो पहेंलो कार्ड बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो ।
The post पोर्चुगलको लज्जास्पद हार, रोनाल्डो बारम्बार गोल गर्न चुके appeared first on Sajha Post.