काठमाडौं, १२ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आफ्नो मेहनतटका कारण इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न पाएको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरेर १७ वर्षीय सन्दिपले आईपिएल खेल्न पाएकोमा निकै उत्साहित भएको पनि बताएका छन् । आईपीएलको तयारीका लागि मंगलबार सन्दिप दिल्ली जाँदैछन् ।
सन्दीपले आईपिएलमा खेल्न पाउनु आफ्नो भाग्यले भन्दा पनि मेहनतका कारण भएको स्पष्ट पारेका छन् । उनले त्यहाँबाट धेरै कुरा सिकेर नेपाल क्रिकेटमा लागू गर्ने चाहना रहेको बताएका छन् । विगत ४ वर्षदेखिको कडा परिश्रमले अहिले आइपिएल टिममा आवद्ध भएको बताए । उनले भने, ‘मेरो क्रिकेट करिअर यहाँसम्म आइपुग्नुको करण कडा परिश्रमले हो । सजिलो तरिकाले नेपाली टिमको क्याम्पमा आइपुग्दा भाग्यले साथ दियो। तर चार वर्षमा मैले कडा परिश्रम गरे ।’
इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा गत महिना ३२ लाख रुपैयाँमा आवद्ध भएका थिए ।
The post सन्दीपले भने, ‘कडा परिश्रमले आइपिएल खेल्न पाएको हु’ appeared first on Sajha Post.