एजेन्सी, १४ चैत । ‘बल टेम्परिङ’ विवादमा परेका अष्ट्रेलियाली क्रिकेट टिमका कप्तान स्टीव स्मिथ र उपकप्तान डेविड वार्नरमाथि एक वर्षका लागि खेल्न प्रतिवन्ध लगाइएको छ । दक्षिण अफ्रिकामा भएको बल टेम्परिङको विवादपछि अष्ट्रेलियाको क्रिकेट बोर्डले त्यस्तो निर्णय गरेको हो ।
दुई खेलाडीको गैरकानुनी कार्यले टिमको प्रतिष्ठामा धक्का पुर्याउनुका साथै टिमका प्रशिक्षक डेरेन लेहमनको करियरलाई पनि घटनाले ठूलै धक्का दिएको छ ।
केपटाउनमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भैइरहेको टेस्ट म्याचमा टिमका बलर बैंक्रोफ्ट बललाई तोडमोड गरिरहेको अवस्थामा रंगेहात फेला परेका थिए । यससैंगै अष्ट्रेलियाली क्रिकेटले स्टीव स्मिथलाई टिमको कप्तानबाट हटाएको थियो । पछि आइपीएलको टिम राजेस्थान रोयल्सले पनि उनीबाट कप्तान पद खोस्यो । यससँगै क्रिकेट अष्ट्रेलियाले टिमका प्रशिक्षक डेरेन लेहमनसँग पनि राजीनामा माग गरेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद्को नियमानुसार म्याचको दौरान बललाई कुनै पनि किसिमले तोडमोड गर्नुलाई लेभल-2 को अपराध मानिन्छ । यस्ता अपराधहरुमा खेलाडीहरुलाई सय प्रतिशत म्याचको फिस जरिवाना लगाइन्छ र चार नेगेटिभ प्वाइन्ट्स पनि थपि दिइन्छ ।
The post बल टेम्परिङः कप्तान र उपकप्तानमाथि एकवर्षसम्म खेल प्रतिबन्ध, प्रशिक्षकको राजीनामा माग appeared first on Sajha Post.