एजेन्सी, १५ चैत । शनिबार बार्सिलोनाले लालिगाको बलियो प्रतिस्पर्धी सेभिल्लासँग भिड्दैछ । यस सिजन अपराजित रहेको बार्सिलोनालाई सेभिल्लाले बलियो चुनौती दिने अपेक्षा राखिएको छ ।
तर, बार्सिलोनाका स्टार खेलाडीहरु लियोनल मेस्सी र गोलरक्षक टेर स्टेजन खेल्ने वा नखेल्ने हालसम्म कुनै आधिकारीक निर्णय भने हुन सकेको छैन ।
अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा लियोनल मेस्सीले विश्राम लिएका थिए । ट्रेनिङका समयमा उनी घाइते हुन पुगेका थिए । अर्जेन्टिनाका प्रशिक्षक सामपोलीले उनलाई इटाली र स्पेनविरुद्ध खेलाउने जोखिम लिन चाहेनन् ।
तर, अब बार्सिलोनका प्रशिक्षक भलभरडेले पहिला लियोनल मेस्सीको फिटनेस टेस्ट हुने अनिमात्र खेल्ने अनुमति दिने बताएका छन् ।
त्यस्तै घाइते गोलरक्षक टेर स्टेजनको पनि फिटनेस टेस्ट गर्ने उनले बताएका छन् । स्पेनिस लिगमा बार्सिलोनाका २९ खेलमा ७५ अंक र सेभिल्लको ४५ अंक रहेको छ ।
The post मेस्सी र स्टेजनको फिटनेस टेस्ट गरिने appeared first on Sajha Post.