Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पहिलोपटक सर्जियो रामोसले गरे लियोनल मेस्सीको तारिफ

$
0
0

एजेन्सी, १५ चैत । रियल मड्रिडका स्टार खेलाडी सर्जियो रामोसले पहिलो पटक अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको तारिफ गरेका छन् । उनका अनुसार मेस्सीबिनाको अर्जेन्टिना निकै कमजोर र खराब रहेको छ ।

स्पेनविरुद्धको मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले ६ गोल खाएपछि रामोसले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्, ‘अर्जेन्टिनाका खेलाडी पुरै दुविधामा थिए । उनीहरु आफ्नो पोजिसन राम्रोसँग सम्हाल्न सकिरहेका थिएनन् ।’

उनले थप्दै भने, ‘मेस्सी खेल्दा टिममा जुन जोस हुन्छ त्यो उनी नहुँदा अर्जेन्टिनाको टोलीमा पाउन सकिएन । उनीहरुले खेल त खेले तर, दोधारमा खेले जस्तो खेल प्रदर्शन गरे ।’

रियल मड्रिडका कप्तान समेत रहेका उनका अनुसार उत्कृष्ट खेलाडी सम्मिलित राष्ट्रिय टोलीलाई हराउँदा खुसी लागेको र विश्व कपको तयारीका हरेक टोलीले बलियो तयारी गरेका छन् ।

मेस्सीको खुलेर प्रशंसा गर्दै उने भनेका छन्,’ मेस्सी साच्चै उत्कृष्ट खेलाडी हुन् । उनी असाधारण खेलाडी हुन् । उनी विना अर्जेन्टिना टोली निकै खराब लाग्छ । मेस्सी हुँदा अर्जेन्टिना बलियो हुन्छ ।’

The post पहिलोपटक सर्जियो रामोसले गरे लियोनल मेस्सीको तारिफ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles