Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इन्डियन प्रिमियर लिग: चेन्नेई सुपर किङसको लगातार दोस्रो जित

$
0
0

एजेन्सी, २८ चैत । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेई सुपर किङसले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ । मंगलबार राति भएको खेलमा चेन्नेई सुपर किङसले कोलकाता नाइटराइडर्स माथि ५ विकेटको सानदार जित निकाल्न सफल भएको हो ।

टस हारेर ब्याटिङको गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउदै २०२ रन बनाएको थियो ।

सुरुवात राम्रो गर्न नसकेपनि कोलकाताका सबै खेलाडीले आफनो भमिका निभाएका थिए ।

रसेलले ३६ बलमा ८८ रन बनाए, जसमा ११ छक्का र एक चौका सामेल थियो ।

यस्तै रविन उथप्पाले २९ तथा कप्तान दिनेश कार्तीकले २६ र क्रिस लियोनले २२ रन बनाए ।

चेन्नेईले जबाफमा एक बल बाँकि हुदाँ पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । चेन्नइका लागि साम विलिङसले ५६, सेन वाटसनले ४२ तथा अम्बाती राइडुले ३९ रन बनाए । यस्तै कप्तान धोनीले २५ र सुरेश रैनाले १४ रनको योगदा गरे । लगातार दुई जित निकालेको चेन्नेई चार अंक बनाएको छ ।

The post इन्डियन प्रिमियर लिग: चेन्नेई सुपर किङसको लगातार दोस्रो जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles