एजेन्सी, २८ चैत । रोमाविरुद्धतको खेलमा पराजित भएपछि बार्सिलोनाका स्टार खेलाडी इनियस्टाले प्रतिक्रिया दिएका छन् । उनले रोमाविरुद्धको खेल नै आफ्नो अन्तिम च्याम्पियन्स लिग खेल हुन सक्ने बताएका छन् ।
पहिलो लिगमा ४-१ गोलले अगाडि रहेको बार्सिलोना रोमासँग पराजित भएको हो । बार्सिलोना युरोपियन खेल इतिहासमा यति धेरै गोलको अग्रता भएर पनि हारेको पहिलो पटक हो ।
उनले भनेका छन्, ‘यस सिजन हामीले च्याम्पियन्स लिग जित्ने ठुलो तयारीमा रहेका थियौ । यस सिजन पनि असफल भयौ । इनियस्टा पछिल्लो समय चाइनिज सुपर लिग जाने तयारीमा रहेको बताइएको छ ।’
३३ वर्षिय इनियस्टाले बार्सिलोनामा रहेर धेरै उपाधिहरु जित्न सफल भएका छन् । तर, यस सिजन उनको च्याम्पियन्स लिग जित्ने अन्तिम सपना भने पुरा हुन सकेन ।
The post च्याम्पियन्स लिगबाट पाखा लागेपछि इनियस्टाले दिए यस्तो प्रतिक्रिया appeared first on Sajha Post.