Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इन्डियन प्रिमियर लिग: सन्दिप लामिछानेको टिम दिल्ली फेरि पराजित

$
0
0

एजेन्सी, २९ चैत । सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो पटक पराजित भएको छ ।

जयपुरमा भएको खेलमा दिल्ली राजस्थान रोयल्ससँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा १० रनले पराजित भयो ।

राजस्थानले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको अवस्थामा बर्षा भएपछि खेल राकिएको थियो जसका कारण पहिलो इनिङ सम्भव भएन । दोस्रो इनिङको खेल ६ ओभरमा झारीएको थियो ।

राजस्थानका लागि कप्तान अजिन्क्या राहानेले ४५ तथा सन्जु सामसनले ३७ र जोस बटलरले २९ जोडे । त्यस्तै बेन स्टोकले १६ रन बनाए ।

जवाफमा ६ ओभरमा ७१ रनको लक्ष्य पाएको दिल्ली ४ विकेट गुमाउदा ६० रन मात्र बनाउन सक्यो ।

ग्लेन म्याक्सवेल र क्रिस मोरीसले १७–१७ रन मात्र बनाए । रिसब पन्तले २० रन जोडे । दिल्लीको यो लगातार दोस्रो हार हो ।

The post इन्डियन प्रिमियर लिग: सन्दिप लामिछानेको टिम दिल्ली फेरि पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles