Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोकिएको डिपिएल क्रिकेटको फाइनल आजबाट

$
0
0


धनगढी, २९ चैत । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज खेल हुने भएका छन् । बुधबार रोकिएका खेलहरु आज हुन लागेका हुन् ।

महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका कारण बुधबार रद्द भएको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल रोकिएको थियो ।

आज ‘रिजर्भ डे’मा यही खेल हुने निर्णय आयोजकले जनाएको छ ।

The post रोकिएको डिपिएल क्रिकेटको फाइनल आजबाट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles