काठमाडौं, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्र्तगत आज राजस्थान रोयल्स र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ । जयपुरको सवाई मानसिंह स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति साढे ८ बजेबाट सुरु हुनेछ ।
यसअघि गयराति भएको खेलमा मुम्बई इन्डियन्सले सिजनमा पहिलो जित हात पारेको छ । गत वर्षको विजेता मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४६ रनले पराजीत गर्दै जित हात पारेको हो । मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिगं गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो ।
२ सय १४ रनको लक्ष्य लिएर मैदानमा उत्रेको बैंगलोर निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सक्यो ।
The post आईपीएल : आज राजस्थान र कोलकोत्ता भिड्दै appeared first on Sajha Post.