एजेन्सी, ५ वैशाख । सन् २०१८ को विश्वकप जित्नेमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी आशावादी रहेका छन् ।
सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजित भएपछि उनले खेलबाट सन्यास लिने बताएका थिए ।
तर, विश्वभरका फ्यानहरुको आग्रह स्वीकार गर्दै उनी पुन राष्ट्रिय टोलीमा फर्केका थिए ।
उनले सन् २०१८ को विश्वकपबारे धारणा बनाइसकेका छन् ।
यदी सन् २०१८ को विश्वकपमा पनि असफल भए सन्यास लिइहाल्ने उनले बताएका छन् ।
क्लबबाट सबै खाले प्रतियोगिता जिते पनि अन्तराष्ट्रिय स्तरबाट भने उनले खासै सफलता प्राप्त गर्न भने सकेका छैनन् ।
The post ‘यसपटकको विश्वकपमा पनि असफल भए सन्यास लिन्छु’ appeared first on Sajha Post.