एजेन्सी, ६ वैशाख । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले टिम राजस्थानलाई सात विकेटले पराजित गरेको छ । तेस्रो जित दर्ता गराउन सफल कोलकाता लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६० रन बनाएको थियो ।
राजस्थानका लागि म्याथ्यु सोर्टले ४४ रन बनाए भने कप्तान अजिन्क्या राहाणेले ३६ तथा जोस बट्लरले २४ रन थपे । अन्य खेलाडीहरुले भने खासै गतिलो खेल प्रदर्शन गर्न सकेनन् ।
कोलकाताले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा रविन उथप्पाले ४८ तथा नितेश राना र सुनिल नारेनले समान ३५–३५ रन बनाए ।
यस्तै कप्तान दिनेश कार्तिकले ४२ रनको योगदान गरे । अंक तालिकामा पाच खेलबाट कोलकाताले ६ अंक बनाएको छ ।
The post इन्डियन प्रिमियर लिग: राजस्थान सात विकेटले पराजित, कोलकाता लिगको शिर्ष स्थानमा उक्लियो appeared first on Sajha Post.