Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

वाट्सनको शतकसँगै चेन्नईको सानदार जित

$
0
0


काठमाडौं, ८ वैशाख । इण्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराती भएको खेलमा राजस्थान रोयल्सका विरुद्ध चेन्नई सुपर किंग्सले सानदार विजय निकालेको छ । पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनको फराकिलो अन्तरले हराएको हो ।

जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो । राजस्थानका बेन स्टोकले ४५ तथा जोस बट्लरले २२ रन जोडे पनि अन्य ब्याट्सम्यानले टिक्न सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । चेन्नईका लागि सेन वाट्सनले १ सय ६ तथा सुरेश रैनाले ४६ रन बनाए । आइपिएलमा सेन वाट्सनको यो तेस्रो शतक हो । वाट्सनले १०६ रनको पारी खेले । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

यो जितसँगै चेन्नई ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ । समान ६ अंक नै भए पनि कोलकता नाइट राइडर्स, सन राईजर्स हैदरावाद र किंग्स इलावेन पञ्चाव रन रेटका आधारमा चेन्नईभन्दा मुनी छन् । राजस्थान भने पाँचौ स्थानमा छ । ५ खेलबाट उसले ४ अंक मात्र बटुलेको छ ।

The post वाट्सनको शतकसँगै चेन्नईको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles