काठमाडौं, ८ वैशाख । आईपीएलमा आज २ वटा खेलहरु हुदैछन् । आज कोलकत्ता नाईट राईडर्स र किङस् ईलेभेन पञ्जाब तथा रोयल च्यालेन्जर्स ब्याग्लोर र दिल्ली डेयर डेभिल्स प्रतिस्पर्धा गर्दैछन् ।
दिल्ली देयर डेभिल्सले आज नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई मैदानमा उतार्ने अनुमान गरिएको छ । दैनिक इण्डियाले ट्वीटरमार्फत दिल्लीले लामिछानेलाई मैदानमा उतार्ने खबर सार्वजनिक गरेको छ ।
लेग स्पिन बलरको रुपमा चिनिएका सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँ खर्चेर टीममा भित्र्याएको थियो ।
आजको खेलमा सन्दीपलाई ‘प्लेयर्स टू वाच’मा समेत राखिएको छ । दिल्लीले अहिलेसम्मका ४ खेलमा तीनवटा पराजय हासिल गरेको छ । अहिलेसम्म सन्दीपले खेल्न पाएका छैनन् । दिल्लीले बलिङमा राम्रो गर्न नसकिरहेकोले बलरमा विकल्प खोजिरहेको छ ।
यदि सन्दीपले दिल्लीको पहिलो घरेलु खेलमा डेब्यु गर्ने मौका पाएमा उनले क्रिस गेल, एरोन फिन्च तथा युवराज सिंहजस्ता धुरन्तर ब्याट्सम्यानको सामना गर्नुपर्नेछ ।
The post आईपिएलमा आज दुई खेल, दिल्लीले सन्दीपलाई उतार्ने अनुमान appeared first on Sajha Post.