काठमाडौं, ४ चैत । सशस्त्र प्रहरी बल (एपिएफ)को आयोजनामा यही चैत १५ गतेदेखि विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा तेस्रो राष्ट्रिय महिला भलिबल प्रतियागिता, राष्ट्रव्यापी कृष्णमोहन स्मृति ब्याडमिन्टन र आठौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता सञ्चालन गरिने जानकारी एपिएफका खेलकुद विभाग प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले दिए ।
यही चैत १५ देखि १९ गतेसम्म भलिबल तथा चैत २१ गतेदेखि ब्याडमिन्टन र लनटेनिस प्रतियोगिता हुनेछ । भलिबल प्रतियोगितातर्फ चार लाख ५५ हजार, ब्याडमिन्टनतर्फ सात लाख ४० हजार तथा लनटेनिसतर्फ छ लाख ७८ हजार पुरस्कारमा खर्च गरिने बताइएको छ ।
प्रतियोगिताको खेल भने एपिएफको प्रधान कार्यालय र सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस कोर्टमा सञ्चालन गरिनेछ ।
The post एपिएफको राष्ट्रिय खेलकुद प्रतियोगिता चैत १५ देखि appeared first on Sajha Post.