Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

दश जनामा सिमित एट्लेटिको मड्रिडलाई पराजित गर्न सकेन आर्सनलले

$
0
0

एजेन्सी, १४ वैशाख । युरोपा लिगको सेमिफाइनल खेलको पहिलो खेलमा आर्सनलले १० जनामा सिमित एट्लेटिको मड्रिडसँग एकएक गोलको बराबरी खेल खेलेको छ ।

खेलको १० औ मिनेटमा नै एट्लेटिकोका साइमी रातो कार्ड खाँदै बाहिरिएका थिए । युरोपा लिगको दाबेदार मानिएको एट्लेटिको आर्सनलका लाकाजेटीलाई रोक्न सकेन । उनले खेलको ६१ औ मिनेटमा गोल गरे ।

तर, १० जनामा सिमित भए पनि आर्सनलको घरेलु मैदानमा उच्च मनोबलकासाथ खेल प्रदर्शन गरेको एट्लेटिकोले खेलको ८२ औ मिनेटमा बराबरी गोल फर्कायो ।

एन्टोनियो ग्रिजम्यानले अवे गोल गर्दा एट्लेटिकोलाई ठुलै राहत मिलेको थियो ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा मार्सेलेले साल्जबर्गलाई २-० गोलले पराजित गरेको छ । मार्सेलेका लागि थाउभन र क्लिनटनले एकएक गोल गरे ।

The post दश जनामा सिमित एट्लेटिको मड्रिडलाई पराजित गर्न सकेन आर्सनलले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles