Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईपिएलः पञ्जाबलाई १३ रनले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा पुग्यो हैदरावाद

$
0
0


हैदरावाद, १४ वैशाख । राजिव गान्धी इन्टरनेशनल स्टेडियममा सनराइजर्स हैदरावादले किंग्स इलेवन पञ्जाबलाई १३ रनले हराएको छ । १३३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा ११९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि केएल राहुलले सबैभन्दा बढी ५३ रन बनाए । पञ्जाबका लागि राशिद खानले ३ विकेट लिए ।

यसअघि पञ्जाबले टस जितेर सुरुमा बलिङ रोजेको थियो । हैदरावादले २० ओभरमा १३२ रन बनायो । मनिष पाण्डेले ५३ रन जोडे भने अंकित राजपूतले पहिलोपटक ५ विकेट लिए । उनले ४ ओभरमा १४ रन दिएर ५ विकेट जोड्दै म्यान अफ दि म्याच भए ।

क्रिस गेल र केएल राहुलले पञ्जाबका लागि बलियो सुरुवात गरेका थिए । दुईले ५३ रनको साझेदारी गरे । गेलले २३ र राहुलले ३२ रन जोडेर आउट भए । उनीहरुपछि बीचतिर कुनै पनि ब्याट्स्म्यान टिक्न सकेनन् । मयंक अग्रवाल १२, करुण नायर १३, एरोन फिंच ८ र मनोज तिवारी १ रन बनाएर आउट भए ।

हैदरावादले भने खराब सुरुवात गरे पनि बिस्तारै अवस्था सुधार्दै लग्यो । हैदरावादले ३० रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । कप्तान केन विलियम्सन शून्य, शिखर धवन ११, रिद्धिमान साहा ६, शाकिब अल हसन २८ र मोहम्मद नबी ४ रन बनाएर आउट भए । युसुफ पठान २१ रन बनाउँदै नट आउट भए ।

पञ्जाबले टिममा दुई खेलाडी परिवर्तन गरेको थियो । युवराज सिंह र डेभिड मिलरको ठाउँमा मनोज तिवारी र क्रिस गेललाई टिममा सहभागी गराइएको थियो । २०१४ पछि पञ्जाबले राजिभ गान्धी स्टेडियममा कुनै पनि खेल जित्न सकेको छैन ।

पञ्जाबलाई पराजित गरेसँगै हैदरावाद आईपिएल अंक तालिकामा १० अंकका साथ दोस्रो नम्बरमा पुगेको छ । पहिलो स्थानमा चेन्नई सुपरकिंग्स, तेस्रो स्थानमा किंग्स इलेवन पञ्जाब र चौथो स्थानमा कोलकत्ता नाइटराइडर्स रहेको छ । डिल्ली डेयरडेभिल्स सबैभन्दा तल अथवा आठौं स्थानमा पुगेको छ ।

The post आईपिएलः पञ्जाबलाई १३ रनले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा पुग्यो हैदरावाद appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles