एजेन्सी, १४ वैशाख । बार्सिलोनी स्टार स्ट्राइकर लियोनल मेसीले सात वर्षपछि न्याय पाएका छन् । लामो अदालती झमेलापछि मेस्सीले आफ्नै नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने अधिकार पाएका हुन् ।
उनले आफ्नो नामको व्यापार चिन्ह आफैंले प्रयोग गर्न नपाउने गरी सात वर्ष लामो अदालती झमेला व्यहोरे । अन्ततः युरोपियन कोर्टले मेसीको नाममा व्यापार चिन्ह आफैले प्रयोग गर्न पाउने मुद्दालाई खारेज गरेपछि उनले यो उपलब्धि हात पारेका हुन् । स्टार फुटबलर भएर पनि आफ्नै नाममा कुनै पनि खेलकुद सामग्रीका साथै अन्य नाम प्रयोग गर्न पाउनुपर्छ भन्दै मेसी लगातार अदालती प्रक्रियामा लागेका थिए ।
केही समयअघि मेस्सीको दावेदारीलाई स्पेनीस साइकल कम्पनी मासीले नाम उस्तै रहेको भन्दै रद्द गराएको थियो । सात वर्पछि युरोपियन जर्नल कोर्टले साइकल कम्पनीको नाम र मेसीबीच कुनै द्विविधा नभएको भन्दै मुद्दा नै खारेज गरिदिएको छ । अदालतले मेसी स्टार फुटबलर भइसकेको र साइकल कम्पनीको नामसँग केही समानता नभएको स्पष्ट पारेको हो ।
अदालतको यो निर्णयभन्दा दुई दिनअगाडि नै फ्रेन्च फुटबल पत्रिकाले मेसीले रोनाल्डोलाई वर्षको धेरै कमाउने खेलाडीको सूचीमा उछिनेको समाचार सार्वजनिक गरेको थियो । मेसीले एक वर्षमा एक सय २६ मिलियन युरो कमाएको दावी गरिएको पत्रिकाको विवरणमा दोस्रो स्थानमा रहेका रोनाल्डोको कमाई ९४ मिलियन युरो रहेको दावी गरिएको छ ।
The post अदालतले मुद्दा खारेज गरेसँगै मेस्सीले सात वर्षपछि न्याय पाए appeared first on Sajha Post.