एजेन्सी, १४ वैशाख । बार्सिलोनाका प्रमुख जोसेफ मारिया बार्तेमाउले बार्सिलोना प्रशिक्षक भल्भरडेको कामदेखि आफु खुशी भएको बताएका छन् ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएपछि भल्भरडेको व्यापक आलोचना भएको थियो ।
उनको भविष्यप्रति नै शंका उठाउनेहरुलाई बार्सिलोना प्रमुखले जबाफ दिएका हुन् ।
स्पेनिस लिग लालिगाको उपाधि नजिक रहेको बार्सिलोना यस सिजन अपराजित रहेको छ ।
त्यस्तै कोपा डेल रेको उपाधि जितेको बार्सिलोनालाई यस सिजन लालिगामा कुनै पनि टोलीले हालसम्म हराउन सकेको छैन भने पुराना रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउन क्लब सफल भएको छ ।
प्रशिक्षकलाई केही समय चाहिने र उनको खेलाउने शैलीदेखि क्लब बोर्ड खुसी रहेको बार्तेमोउले बताएका छन् । यस सिजन ११ अंकको अग्रता बनाएको बार्सिलोनाले आइतबार डेपोटिभो ला कुरानासँग खेल्दैछ ।
The post बार्सिलोना प्रमुख बार्तेमाउ प्रशिक्षक भल्भरडेबारे यसो भन्छन् appeared first on Sajha Post.