Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपिएल : कलकत्ताविरुद्ध दिल्लीको सानदार जीत

$
0
0


काठमाडौं, १५ वैशाख । कप्तान जिम्मेवारी पाएका श्रेयश ऐयरको उत्कृष्ट प्रदर्शनसँगै इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शुक्रबार रातिको खेलमा डिल्लीले कोलकाता नाइट राइडर्सलाई ५५ रनले हराएको हो ।

जितका लागि २ सय २० रनको बिशाल लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन मात्र जोड्न सक्यो । कोलकताका एन्ड्रयु रसेलले ४४ रन बनाए । पहिला ब्याटिङ गरेको दिल्लीले ऐयरको नट आउट ९३ रनको मद्दतमा १ सय १९ रन बनाएको थियो ।

निरन्तर खराब प्रदर्शन गर्दै आएसँगै कप्तान गौतम गम्भिरले राजीनामा गरेपछि दिल्लीले ऐयरलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ । कप्तानको रुपमा पहिलो खेल खेलेका उनले ४० बलमा ३ चौका र १० छक्काको मद्दतमा ९० रन जोडेर दिल्लीको जीत सुनिश्चित गरे । यसैगरी अर्का ओपनर पृथ्वी शाले ६२ रन बनाए । जारी सिजनमा दोस्रो खेल जितेसँगै दिल्ली ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।

दिल्लीले आफ्नो टिममा परिवर्तन गरेसँगै पूर्वकप्तान गौतम गम्भीर र डेनियल क्रिश्चियनलाई टिम इलेभनभन्दा बाहिरै राख्यो । दुवैको स्थानमा विजय शंकर र कोलिन मुनरोलाई टिममा सहभागी गरायो । त्यसैगरी कोलकत्ताले पनि एक परिवर्तन गरी टोम कुरेनको स्थानमा मिशेल जोनसनलाई भित्र्याएको थियो ।

समान ७ खेलबाट ६ अंक बटुलेको कोलकता चौथो स्थानमा छ । ६ खेलबाट १० अंक बटुलेको चेन्नई शीर्ष स्थानमा छ भने समान ६ खेलबाटै २ अंक बटुलेको मुम्बई इण्डियन्स पुछारमा छ ।

The post आइपिएल : कलकत्ताविरुद्ध दिल्लीको सानदार जीत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles