Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एसियाडका लागि ८ जना कराते खेलाडी छनोट

$
0
0

काठमाडौं, १५ वैशाख । लामो समयदेखिको विवादलाई किनारा लगाएर एसियाडका लागि ८ जना कराते खेलाडी छनोट गरिएको छ ।

इन्डोनेसियाको जाकार्तामा आगामी भदौ २ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालबाट २७ खेलाडी प्रतिष्पर्धाका लागि जानेछन् । त्यसका लागि दुई महासंघले छुट्टाछुट्टै खेलाडी छनोट गरेपनि राष्ट्रिय खेलकुद परिषद्ले भने दुवै महासंघको तर्फबाट ८ जना कराते खेलाडीलाई छनौट गरेको हो । खेलाडीहरुमा चार जना पुरुष र चार जना महिला रहेका छन् । अन्य भने छनौका काम भइरहेको बुझिएको छ ।

पुरुषको एकल कातामा त्रिभुवन आर्मीका पर्शुराम बास्तोला र महिलातर्फ नेपाल पुलिसकी चञ्चला दनुवार छनोट भएका छन् ।

त्यस्तै महिलातर्फ ५० केजी तौल समूहमा एपीएफकी अनु अधिकारीले त्रिभुवन आर्मीकी कुशुम खड्कालाई हराएर एसियाडको ढोका खोलिन ।

महिलातर्फकै ५५ देखि ६१ केजीको तौल समूहमा नेपाल पुलिसकी सुनिता महर्जनले एसियाडमा स्थान बनाइन् ।

इन्डोनेसियामा भदौ २ गतेबाट हुने प्रतियोगितामा नेपालबाट २७ खेलका खेलाडीको सहभागिता रहनेछ ।

The post एसियाडका लागि ८ जना कराते खेलाडी छनोट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles