एजेन्सी, १६ वैशाख । गएराति भएको प्रिमियर लिगमा चेल्सीले स्वान्सी सिटीलाई १–० गोलले पराजित गरेको छ । रेलिगेशनको खतरामा रहेको स्वान्सीलाई यो हारले ठुलै झट्का लागेको छ ।
अंक तालिकाको १७ औ स्थानमा रहेको स्वान्सीको ३३ अंक रहेको छ ।
रेलिगेशनमा पर्ने सम्भावना अझै बलियो भएका कारण पनि अबका तीन खेलमा स्वान्सीले खेल जित हात पार्नुपर्नेछ । चेल्सीको जितमा सेस फाब्रिगेसले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए ।
उता लिभरपुललाई स्टोक सिटीले गोलरहित बराबरीमा रोकेको छ ।
क्रिस्टल प्यालेसले लेइसेस्टरमाथि ५–० गोलको जित दर्ता गरेको छ । १० जनामा सिमित लेइसेस्टरलाई पराजित गर्दै क्रिस्टल रेलिगेशन खतराबाट बच्न सफल भएको छ ।
The post लिभरपुल फेरि बराबरीमा रोकियो, चेल्सीको कठिन जित appeared first on Sajha Post.