काठमाडौँ, १५ भदौ । नेपाल भलिबल सङ्घको आयोजनामा तेस्रो राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिप हुने भएको छ ।
यही भदौ २८ देखि असोज ३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
लिग कम नकआउटको आधारमा हुने उक्त प्रतियोगितामा पुरुषतर्फ शसस्त्र प्रहरी बल एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब, काभ्रे जिल्ला भलिबल सङ्घ, ढोरपाटन भलिबल क्लब, जावलाखेल युथ क्लब, प्रगतिशील युवा क्लब जिरी र हेल्प नेपाल स्पोर्ट्स क्लब पश्चिमाञ्चल र नयाँ बजार युवा क्लब सहभागी हुनेछन् ।
यसैगरी, महिलातर्फ एपिएफ, न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, काभे्रे जिल्ला भलिबल सङ्घ, जावलाखेल भलिबल, ढोरपाटन भलिबल, पश्चिमाञ्चल, श्रीनगर उच्च मावि, प्रगतीशिल युवा क्लब जिरीले भाग लिनेछन् ।
प्रतियोगिताको विजेता पुरुष तथा महिला टोलीले समान एक लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले ७० हजार पाउनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार पाउनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पाउनेले १५ हजार प्राप्त गर्नेछ । त्यसैगरी उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिबेरो र सर्भरले जनही पाँच हजार पाउनेछन् । रासस
The post राष्ट्रिय पुरुष तथा महिला भलिबल भदौ २८ देखि असोज ३ सम्म appeared first on Sajha Post.