काठमाडौं, १८ भदौ । निलम्बन खोल्नेसहितका आन्तरिक विवाद मिलाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको टोली आज नेपाल आउने भएको छ ।
आइसीसीको टोली पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्यसमितिबीचको आधिकारिकता विवादलगायतको समस्या समाधान गर्ने विश्वास लिइएको छ । समस्या समाधान गर्ने निकाय राष्ट्रिय खेलकुद परिषद राखेप नै समस्याको जड बनेपछि विवाद भएको हो ।
एउटा निर्वाचित समितिलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेपछि भने समस्या थपिएको हो । अहिले भने राखेपकै पहलमा आईसीसीको उच्चस्तरीय टोली आउन लागेको हो ।
आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनसहितको तीन सदस्यीय उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुदमन्त्री दलजित श्रीपालीसँग भेट गर्ने इच्छा व्यक्त गरेको छ । नेपाल क्रिकेट संघ गत बैशाख १२ गतेदेखि
निलम्बनमा छ ।
The post क्रिकेटको विवाद मिलाउन आइसीसीको टोली आज नेपाल आउने appeared first on Sajha Post.