काठमाडौं, १९ भदौ । निलम्बन खोल्नेसहितका आन्तरिक विवाद मिलाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको टोली नेपाल आइपुगेको छ । शनिबार नेपाल आएको टोलीले आजदेखि भेटवार्ता थाल्दैछ । टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र खेलकुदमन्त्री दलजित श्रीपालीसँग भेट गर्ने इच्छा व्यक्त गरेको छ ।
प्रधानमन्त्री प्रचण्डसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको स्वकिय सचिवालयले जनाएको छ । आइसीसीको टोलीे पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्यसमितिबीचको आधिकारिकता विवादलगायतको समस्या समाधान गर्ने विश्वास लिइएको छ ।
समस्या समाधान गर्ने निकाय राष्ट्रिय खेलकुद परिषद राखेप नै समस्याको जड बनेपछि विवाद भएको हो । एउटा निर्वाचित समितिलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेपछि भने समस्या थपिएको हो । अहिले भने राखेपकै पहलमा आईसीसीको उच्चस्तरीय टोली आएको हो । आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनसहितको तीन सदस्यीय उच्चस्तरीय टोली नेपाल आएको हो ।
The post आइसीसीको टोली नेपालमा आजबाट भेटवार्तामा appeared first on Sajha Post.