Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एट्लेटिको मड्रिडलाई पछ्याउँदै रियल मड्रिड

$
0
0

एजेन्सी, १६ वैशाख । गएराति भएको स्पेनिस लिग लालिगामा रियल मड्रिडले लेगानेसलाई २-१ गोलले पराजित गरेको छ ।

खेलको ८ औ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको ४५ औ मिनेटमा बोर्जा मायोरेलले रियलका लागि दोस्रो गोल गरे । तर, दोस्रो हाफमा लेगानेस फर्कने हरसम्भव प्रयास गर्यो । खेलको ६६ औ मिनेटमा लेगानेसका डार्कोले गोल गरे ।

तर, त्यसपछि खेलमा रियलले राम्रो नियन्त्रण बनायो । यो जितसँगै रियलको ३४ खेलमा ७१ अंक भएको छ । एट्लेटिको मड्रिडको ३४ खेलमा ७२ अंक रहेको छ ।

लिग लिडर बार्सिलोनाको ३३ खेलमा ८३ अंक रहेको छ ।

The post एट्लेटिको मड्रिडलाई पछ्याउँदै रियल मड्रिड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles