एजेन्सी, १६ वैशाख । इण्डियन प्रिमियर लिगमा महेन्द्र सिंह धोनीको चेन्नाई सुपरकिंग्स मुम्बई इण्डियन्ससँग ८ विकेटले पराजित भएको छ ।
मुम्बईले १ सय ७० रनको लक्ष्य पाएको थियो । राम्रो खेल प्रदर्शन गरेको मुम्बईले २ बलअघि नै मात्र २ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन जोडे । रोहितले १९ औं ओभरमा चार चौका हानेर टिमलाई हार्नबाट बचाए।
सूर्यकुमार यादवले ४४ रन जोडे । इभान लेविसले पनि उत्कृट खेल खेले । उनले ४७ रन जोडे । हार्दिक पाण्ड्या भने खासै जम्न सकेनन् । उनले १३ रनमात्र जोडे ।
टस हारेको चेन्नाईका लागि सुरेश रैनाको नटआउट ७५ रन बनाए ।
शेन वाट्सन १२ रन जोडे ।
त्यसपछि रैना र अम्बाटी रायडुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।
रायडुले ४६ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले २६ रन जोडे ।
यो जितसँगै मुम्बई एक स्थान माथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ ।
The post महेन्द्र सिंह धोनीको चेन्नाई सुपरकिंग्स पराजित appeared first on Sajha Post.