Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपिएलः हैदरावादले राजस्थानलाई ११ रनले हरायो, खेर गयो अजिंक्य रहानेको अर्धशतक

$
0
0


जयपुर, १६ वैशाख । आइपिएल-११ को २८औं खेलमा सनराइजर्स हैदरावादले दिएको १५२ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले १९ ओभरमा पाँच विकेट गुमाएर १३१ रन मात्र बनायो । कप्तान अजिंक्य रहानेले ६४ र कृष्णप्पा गौतम १ रन बनाएर खेलिरहेका थिए । राजस्थान रोयल्सका ब्याट्स्म्यानहरु सस्तै रनरेटमा समेटिँदा हैदरावादसँग ११ रनले पराजित हुनुपर्‍यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोडको थियो । हैदरावादको लागि कप्तान केन विलियम्सनले सबैभन्दा बढी ६३ रन जोडे । राजस्थानका तिव्र बलर जोफ्रा आर्चरले ३ विकेट लिए ।

राजस्थानले सुरुवातमा राम्रो खेल्न सकेन । १३ रन जोड्दा राहुल त्रिपाठी ४ रन बनाएर आउट भए । उनीपछि रहाणे र सैमसनले दोस्रो विकेटको लागि ५९ रनको साझेदारी गरे । सैमसन ४० रन बनाएर आउट भए । उनीपछि बेन स्टोक्स ० र जोस बटलर १० रनमा आउट भए ।

शिखर धवन आज ओपनिङ गर्न नयाँ पार्टनर एलेक्स हेल्ससँगै क्रिजमा उत्रिए । दुईले केवल १७ रनको साझेदारी गरे । धवन ७ रन बनाएर कृष्णप्पा गौतमको बलमा बोल्ड भए । उनीपछि एलेक्स हेल्स ४४ रन बनाएर आउट भए ।

हैदरावादको मध्यक्रमका ब्याट्स्म्यान चल्न सकेनन् । मनिष पाण्डेय १६, शाकिव अल हसन ६ र युसुफ पठान केवल २ रन बनाएर आउट भए ।

The post आइपिएलः हैदरावादले राजस्थानलाई ११ रनले हरायो, खेर गयो अजिंक्य रहानेको अर्धशतक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles