Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर युनाइटेडले आर्सनललाई हरायो, म्यान सिटी पनि विजयी

$
0
0

एजेन्सी, १७ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई २-१ गोलले पराजित गरेको छ ।

यस सिजन खराब खेल प्रदर्शन गरेको आर्सनलले म्यानुलाई खासै दबाबमा राख्न सकेन । म्यानुका लागि पहिलो गोल पोउल पोग्वाले खेलको १६ औ मिनेटमा गरे ।

तर, खेलको ५१ औ मिनेटमा आर्सनलका लागि हेनरिक मिख्तारिनले बराबरी गोल फर्काए । यस सिजन सन्तुलित खेल प्रदर्शन गरेको म्यानुका लागि अन्तिम मिनेटमा मरोउनी फेललेनीले गोल गरे ।

यो जितसँगै म्यानुको ३५ खेलमा ७७ अंक भएको छ । ३५ खेल नै खेलेको आर्सनलको ५७ अंक रहेको छ ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले वेस्टह्यामलाई ४-१ गोलले पराजित गरेको छ ।

यस सिजनको प्रिमियर लिग उपाधि जितिसकेको म्यान सिटीका लागि साने, ग्राबियल जेसस, फर्नानडिन्होले गोल गरे । पाब्लो जाबालेटाले आत्मघाती गोल गरे । उता वेस्टह्यामका लागि एकमात्र गोल ऐरोन क्रिसवेलले गरे ।

The post म्यानचेस्टर युनाइटेडले आर्सनललाई हरायो, म्यान सिटी पनि विजयी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles