एजेन्सी, १७ वैशाख । यस सिजनको ला लिगाको उपाधि जितिसकेपछि बार्सिलोना स्टार लियोनल मेस्सीले आफ्नो टोली सबैभन्दा उत्कृष्ट टोली भएको बताएका छन् ।
डेपोर्टिभोविरुद्ध ह्याट्रिक समेत गरेका उनले यस्तो विचार प्रकट गरेका हुन् । यस सिजन अपराजित हुँदै ला लिगाको उपाधि जितेको बार्सिलोनाले नयाँ ऐतिहासिक रेकर्ड समेत बनाएको छ ।
चार खेल अगावै ला लिगाको उपाधि हात पारेको बार्सिलोनाले ३४ खेलमा ८६ अंक जोडेको छ । मेस्सीका अनुसार यस सिजन अपराजित रहेको बार्सिलोना च्याम्पियन्स बन्नु लायकको टोली हो ।
उनले भनेका छन्, ‘हामी अन्य टोलीभन्दा धेरै नै बलियो भएको हाम्रो खेलले पुष्टि गर्छ । कोपा डेल रे मा भएको पराजय बाहेक सम्रग हाम्रो खेल निकै उत्कृष्ट रह्यो । अपराजित यात्रामा टिकिराख्नु अत्यन्त कठिन यात्रा गर्नु हो ।’
इनियष्टाले बार्सिलोनासँगको २२ वर्षको यात्रा यस सिजन अन्त्य गर्दैछन् ।
उनीबारे मेस्सी भन्छन्,’यस सिजन तीनवटा उपाधिका साथ हामी इनियष्टालाई विदाइ गर्न चाहन्थ्यौ । तर, रोमासँग च्याम्पियन्स लिगमा पराजित हुन पुग्यौ । तर, केही छैन । डब्बल उपाधिका साथ हामी उसलाई बिदाइ गर्नेछौ ।’
The post ला लिगाको उपाधि जितेपछि लियोनल मेस्सीले यसो भने appeared first on Sajha Post.