Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

माइभ्याली गोल्डकपः उपाधिका लागि मनाङ-मर्स्याङ्दी र थ्री स्टार भिड्दै

$
0
0

काठमाडौं, १७ वैशाख । माइभ्याली गोल्डकपको आज हुने फाइनलमा मनाङ–मर्स्याङ्दी र थ्री स्टार क्लब उपाधिका लागि भिड्ने भएका छन् । राष्ट्रिय टिमका कप्तानदेखि अन्तराष्ट्रियस्तरमा समेत चर्चित खेलाडीले भरिभराउ दुवै टिमले आफै उपाधि जित्ने दाबी गरेका छन् ।

गत सिजनमा मनाङसँगका पाँचै भेट सुखद् बनाउन सफल थ्री स्टार क्लब निराजन खड्काको कप्तानीमा ५ राष्ट्रिय खेलाडीसहित मैदान उत्रिँदैछ । वैशाख ६ मा सुरु पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको प्रतियोगिताको चौथो संस्करण विजेताले नगद ६ लाख ६६ हजार र उपविजेताले ४ लाख रुपैयाँ नगद पाउने छन् ।

सर्वाेत्कृष्ट खेलाडीलाई यामाहा–१५० सिसीको मोटरसाइकल प्रदान गरिने छ । प्रत्येक दिनका म्यान अफ् दि म्याचलाई नगद १० हजार र चाँदीको मेडल प्रदान गरिएको आयोजक माइभ्याली फुटबल क्लब अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट रक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलगायतलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ए–डिभिजन क्लबसहित नेपाल, भारत र बंगलादेशका १२ टिम सहभागी थिए ।

The post माइभ्याली गोल्डकपः उपाधिका लागि मनाङ-मर्स्याङ्दी र थ्री स्टार भिड्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles