एजेन्सी, २१ वैशाख । गए राति भएको युरोपा लिगको सेमिफाइनल खेलको दोस्रो लिगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले आर्सनललाई १-० गोलले पराजित गरेको छ ।
सम्रगमा २-१ गोलले आर्सनललाई पराजित गर्दै एट्लेटिको मड्रिडले फाइनलको यात्रा तय गरेको छ । उता च्याम्पियन्स लिगको यात्रा तय गर्ने सपना बुनेको आर्सनल भने सेमिफाइनलबाटै नकआउट भएको छ ।
एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा दुवै टिमले आक्रामक खेल खेलेका थिए । तर, निकै नै घम्साघम्सी खेलमा एट्लेटिकोले एक गोलको अग्रता बनायो । खेलको ४५ औ मिनेटमा डियगो कोस्टाले गोल गरे ।
पहिलो लिगमा एकएक गोलको बराबरी खेल खेलेको एट्लेटिकोलाई अवे गोलको पनि एड्भान्टेज रहेको थियो ।
त्यस्तै गएराति नै भएको अर्को सेमिफाइनल खेलमा मार्सेले साल्र्जबर्गलाई सम्रगमा ३-२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । साल्जबर्गको घरेलु मैदानमा भएको खेलमा मार्सेले पहिलो लिगमा बनाएको दुई गोलको अग्रता जोगाउन सकेन ।
साल्जबर्गका लागि हइडाराले एक गोल गरे भने बउना सारले आत्मघाती गोल गर्दा खेल बराबरीको स्थितिमा आएको थियो ।
९० मिनेटको खेलमा बराबरीको स्थिति भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । मार्सेका लागि रोलान्डोले गोल गरे ।
सानदार कमव्याक गरेको साल्जबर्गले अतिरिक्त समयमा मार्सेलाई रोक्न नसक्दा युरोपा लिगबाट बाहिरिन पुग्यो ।
अब युरोपा लिगको फाइनलमा एट्लेटिको मड्रिड र मार्सेले आमने सामने गर्नेछन् ।
The post युरोपा लिगको फाइनलमा एट्लेटिको मड्रिड भर्सेस मार्से appeared first on Sajha Post.