Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इन्डियन प्रिमियर लिगः धोनीको चेन्नइ फेरि पराजित

$
0
0

एजेन्सी, २१ वैशाख । इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपरकिंग्सलाई कोलकाता नाइट राइडर्सले ६ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

१७८ रनको लक्ष्य पाएको कोलकाताले १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएर जित दर्ता गरेको हो ।

कोलकाताका लागि शुभमान गिलले नटआउट ५७ रन जोडे । कप्तान दिनेश कार्तिकले नटआउट ४५ रनको योगदान दिए । सुनिल नरेनले ३२ रन जोडे ।

चेन्नाइका कप्तान महेन्द्र सिंह धोनीले नटआउट ४३ रन जोडे । शेन वाटसनले ३६ बनाए भने सुरेश रैनाले ३१, जोडे । फाफ डु प्लेसिसले २७ तथा अम्बाती रायडुले २१ रनको योगदान दिए । त्यस्तै रविन्द्र जडेजाले १२ रनमात्र बनाए ।

नौ खेलबाट १२ अंक जोडेको चेन्नई दोस्रो स्थानमा झरेको छ । नौ खेलबाट १० अंक जोडेको कोलकत्ता तेस्रो स्थानमा छ ।

The post इन्डियन प्रिमियर लिगः धोनीको चेन्नइ फेरि पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles