Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिग: ‘रेलिगेशन व्याटल’अति नै रोमाञ्चक मोडमा

$
0
0

एजेन्सी, २३ वैशाख । प्रिमियर लिगको रेलिगेशन व्याटल अति नै रोमाञ्चक मोडमा आइपुगेको छ । गएराति भएको खेलमा स्टोक सिटी क्रिस्टल प्यालेससँग २-१ गोलले पराजित हुँदा प्रिमियर लिगबाट रेलिगेट भएको छ ।

यस सिजन स्टोकले ३७ खेलमा जम्मा ३० अंकमात्र बटुल्न सक्यो ।

त्यस्तै स्वान्सी सिटी एफसी बोर्नेमाउथसँग १-० गोलले पराजित हुँदा रेलिगेशनमा पर्ने सम्भावना झन् बलियो भएको ।

स्वान्सीले ३६ खेलमा ३३ अंक बटुल्न सफल भएको छ । रेलिगेशनबाट बच्न उसलाई एक खेल जित्नै पर्ने दबाब रहेको छ । उसका दुई खेल साउथह्याम्टन र स्टोक सिटीसँग रहेको छ ।

त्यस्तै साउथ ह्याम्टनले इभर्टनसँग १-१ गोलको बराबरी खेल खेलेको छ । यसलाई पनि एक खेलमा जित हात पार्नै पर्ने दबाब रहेको छ । उसले अब स्वान्सी सिटी र म्यान सिटीसँग खेल खेल्न बाँकी छ ।

सबैभन्दा कठिन यात्रा हडल्स फिल्ड टाउनलाई रहेको छ । लिगको अंक तालिकामा १६ औ स्थानमा रहे पनि रेलिगेशनमा पर्ने सम्भावना भने अति नै उच्च रहेको छ । अब उसले म्यान सिटी, चेल्सी र आर्सनलसँग खेल खेल्न बाँकी रहेको छ ।

रेलिगेशनबाट उसलाई एक खेल जित्नै पर्ने दबाब रहेको छ । अंक तालिकामा उसको ३५ अंक रहेको छ । वे्रस्ट ब्रोमले टोटनह्यामलाई १-० गोलले पराजित गर्दै रेलिगेशन हुनबाट केही दिनलाई जोगिएको छ ।

अब उसले अन्तिम खेल क्रिस्टल प्यालेससँग खेल्नेछ । अरु टोलीको नतिजाले रेलिगेशनमा पर्ने नपर्ने टुंगो लाग्नेछ । उसले ३७ खेलमा ३१ अंक बटुलेको छ ।

The post प्रिमियर लिग: ‘रेलिगेशन व्याटल’ अति नै रोमाञ्चक मोडमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles