एजेन्सी, २३ वैशाख । इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किङ्स विजयी भएको छ ।
शनिबार भएको पहिलो खेलमा चेन्नाई सुपर किङ्गसले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको हो। खेलमा पहिले ब्याटिङका्े निम्तो पाएको बैंग्लोरले २० ओभरमा १ सय २७ रन बनाएको थियो । १२८ रनको विजय लक्ष्य चेन्नाइले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य प्राप्ति गरेको थियो ।
चेन्नाईको जितमा अम्बाती रायडुले ३२ बनाए । त्यस्तै महेन्द्र सिंह धोनीको नटवाट ३१ रन जोडे ।
९ खेलबाट १४ अंक जोडेको सनराईजर्स हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा छ ।
१० खेल खेलेको चेन्नाईको समान १४ अंकसहित दोस्रो स्थानमा छ ।
The post चेन्नाई सुपर किङ्स विजयी appeared first on Sajha Post.