Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सी भर्सेस रोनाल्डो : कसले उचाल्दा त ‘बालोन डि ओर’को उपाधि ?

$
0
0

एजेन्सी, २३ वैशाख । यो वर्षको ‘बालोन डि ओर’को उपाधि कसले उचाल्दा भन्ने अनुमानले व्यापक चर्चा पाइरहेको छ ।

विगत १० वर्षदेखि लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको बर्चस्व रहँदै आएको यस ट्रफी दुवैले पाँच-पाँच पटक उचालिसकेका छन् । यी दुई खेलाडीहरु बाहेक काकाले पनि उक्त ट्रफी जितिसकेका छन् । ब्राजिलका काकाले त्यसलाई एसी मिलानमा आबद्ध हुँदा सन् २००७ मा हासिल गरेका थिए ।

त्यसपछि सन् २००८ को कपमा उक्त ट्रफी पहिलोपटक म्यानचेस्टर युनाइटेडबाट क्रिष्टियानो रोनाल्डोले प्राप्त गरेका थिए । त्यसपछि लागतार २००९,  २०१०, २०११११ र २० १२ सम्म मेस्सीको बर्चस्व रहेको उक्त ट्रफी पुनः लगातार दुई वर्षसम्म रोनाल्डोको पोल्टोमा परेको थियो । पुनः २०१५ मा मेस्सी र पछिल्लो दुईवर्ष यता त्यो ट्रफी रोनाल्डोले उठाएका छन् ।

क्याम्प नोस्थित क्लासिको क्याम्पमा आइतबार मेस्सी र रोनाल्डो दुवैले प्रदर्शन गर्दैछन् । र, त्यहाँ दुवै खेलाडीहरु यो वर्षको बालोन डि ओर उचाल्न मैदानमा उत्रिएका छन् ।

यो सिजनसम्म मेस्सी र रोनाल्डोले आफुहरु विरुद्ध बराबर गोल गरेका छन् । जसमा अर्जेन्टिनाका लागि ४३ र पोर्चुगलका लागि ४२ गोल गरेका छन् । यी दुई मध्ये रियल म्याड्रिडको स्थान बलियो छ । रियलको ४२ गोल लस ब्लानकोसको लागि मात्रै ४१ खेलबाट उसले प्राप्त गरेको हो भने मेस्सीले बार्साको लागि ४३ गोल ५१ वटा म्याचहरुबाट बटुलेका हुन् ।

रोनाल्डोले च्याम्पियन्स लिगबाट १५ गोल स्कोर गर्दा उनका बार्सा प्रतिद्वन्द्धी मेस्सीले कन्टिनेन्टल कम्पिटिसनबाट ६ गोल स्कोर गरेका छन् । तर, ला लिगामा मेस्सीको ३२ र रोनाल्डोको २४ गोल रहेको छ ।

प्राइमेरा डिभिजनको हाफवे स्टेजमा पोर्चुगलको चार स्कोर छ । रोनाल्डो सन् २०१८ को वर्षमा मेस्सीभन्दा केही अघि छन् उनले १९ खेलमा २६ गोल स्कोर गरेका छन् भने मेस्सीले २६ खेलमा २४ गोल स्कोर गरेका छन् ।

एसिस्टमा भने रोनाल्डोको आठ को तुलनामा मेस्सीको १७ अघि छ । अर्जेन्टिनाले ला लिगामा १२, चेम्पियन्स लिगमा दुई र कोपा डेल रेमा तीनले बर्चस्व कायम गरेको छ भने रोनाल्डको प्रिमेरा डिभिजनबाट पाँच एसिस्ट, च्याम्पियन्स लिगबाट तीन छ ।

ट्रफीमा हेर्ने हो भने यो सिजन अघि नै रियलले स्पेनिस सुपरकोपा, द युइएफए सुपर कप र द क्लब वर्ल्ड कप जितिसकेको छ । तर, ती सबै ट्रफीहरु सन् २०१७ अघि नै उसले हासिल गरेकोले बेलोन डि ओरमा त्यसले कुनै भार कायम गर्ने छैन ।

लस ब्लाकन्स पनि सन् २०१८ को यो टाइटलको दाबेदारको रुपमा निस्किएको छ । यो महिनाको अन्तिममा लिभरपुललाई च्याम्पियन्स लिगमा सामना गर्ने हुँदा उसलाई यो सबैभन्दा ठूलो पुरस्कार जित्ने अवसर छ ।

बार्सिलोना तर्फ हेर्ने हो भने उसले यो सन् २०१८ मा ला लिगा र कोपा डेल रेमा दुईवटा ट्रफी हात पारिसकेको छ । यसर्थ मेस्सीमा पनि यसको सम्भावना छ ।

समूहमा प्रभावको विषयले पनि सँधै विवाद उत्पन्न गर्दै आइरहेको छ । फुटबलमा गोल सबैभन्दा महत्वपूर्ण कुरा हो र रोनाल्डोले अत्याधिक स्कोर गर्दै आएका छन् । तथापी पिचमा सम्पूर्ण प्रभावलाई हेर्ने हो भने मेस्सीको प्रभाव रियल मेड्रिडको भन्दा कडा रहँदै आएको छ ।

यी दिनहरुमा मेस्सी दुवै गोल स्कोरर र बार्सिलोनाका निर्माणकर्ता बनेका छन् जब उसको राष्ट्रिय टिम पनि सबै राम्रोका लागि उनीमाथि नै निर्भर हुने गरेको छ ।

यी दिनहरुमा रोनाल्डोले कम विङ्गर र धेरै सेन्टर फर्वाड बनेर आफ्नो गेम चेन्ज गरिरहँदा मेस्सी अर्कै बाटो गइरहेका छन् । मेस्सीले अन्य समयभन्दा कम स्कोर गरिरहे पनि उनको ओभरल प्रभाव अहिलेसम्मकै उत्कृष्ट छ ।

बालोन डि ओरमा मेस्सी रोनाल्डोको ड्युपोलीलाई खत्तम गर्ने अर्को एक प्रत्यक्ष उम्मेद्वार यो सिजनमा देखा परेका छन् र उनको नाम हो मोहम्मद सलाह ।

लिभरपुलका फरवार्ड रहेका सलाह यो टर्ममा ४९ खेलबाट ४३ गोल स्कोर गरेर च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन अहम भूमिका खेलेका छन् । यदि उनले यो जिते भने बलोन डि ओर जित्ने उनी महान् प्रतियोगी बन्ने छन् ।

यदि यो समरमा ब्राजिलले वर्ल्ड कप जित्यो भने नेमार पनि प्रमुख उम्मेद्वार बन्ने छन् ।

यो अनुमान चाँडो भएपनि यो अवस्थामा रोनाल्डोमाथि मेस्सीको सम्भावित बलियो दबाब छ किनभने मेस्सीले यो वर्षमा दुईवटा ट्रफी हात पारिसकेका छन् भने रोनाल्डो अझै पनि रजतपदक (सिलभर वेयर) का लागि तड्पिरहेका छन् ।

यदि अर्जेन्टिनाले यो वर्ष उपाधि उचाल्यो भने यसपछिको कारक तत्व वर्ल्ड कप पनि बन्ने छ ।

The post मेस्सी भर्सेस रोनाल्डो : कसले उचाल्दा त ‘बालोन डि ओर’को उपाधि ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles