Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईपीएलः मुम्बईले कलकत्तालाई लगातार सातौं खेलमा हरायो

$
0
0


मुम्बई, २३ वैशाख । वानखेडे स्टेडियममा मुम्बई इण्डियन्स्ले कलकत्ता नाइटराइडर्सलाई १३ रनले हराएको छ । १८२ रनको लक्ष्य पछ्याएको कलकत्ताले २०औं ओभरमा ६ विकेट गुमाउँदै १६८ रनमा समेटियो ।

रविन उथप्पाले सबैभन्दा बढी ५४ रन बनाए । यसअघि टस जितेर कलकत्ताले बलिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ४ विकेटको नोक्सानमा १८१ रन जोडेको थियो । सूर्यकुमार यादवले सबैभन्दा बढी ५९ रन जोडे ।

यो जितसँगै मुम्बई ८ अंकसहित अंक तालिकाको पाँचौं नम्बरमा पुगेको छ । कलकत्ता १० अंकका साथ तेस्रो नम्बरमा रहेको छ । यो विजयसँगै मुम्बईले कलकत्तालाई लगातार सातौंपटक र वानखेडेँ मैदानमा लगातार पाँच खेल हराएको छ ।

केकेआरका ओपनर क्रिस लिन १७ र शुभमन गिल ७ रनमा आउट भए । दुवैले पहिलो विकेटका लागि केवल २८ रनको साझेदारी गरे । २८औं रनपछि पहिला लिन र पछि गिल आउट भए ।

मुम्बईका हार्दिक पंड्याले सबैभन्दा बढी २ विकेट लिए ।

The post आईपीएलः मुम्बईले कलकत्तालाई लगातार सातौं खेलमा हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles