एजेन्सी, २५ वैशाख । आइतबार राति भएको एल क्लासिको खेल पश्चात रियल मड्रिडका डिफेण्डर सर्जियो रामोसले बार्सिलोना स्टार खेलाडी लियोन मेस्सीमाथि आरोप लगाएका छन् ।
उनले रेफ्रीलाई मेस्सीले दबाब दिएको आरोप लगाएका हुन् । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले दुईदुई गोलको बराबरी खेल खेलेको थियो । दुई पटक नै पछि परेको रियलले कमव्याक गरेको थियो ।
लडाइ, झगडा तथा सानदार खेल रहेको एल क्लासिकोमा रियलले रेफ्रीले आफ्नो पक्षमा केही गलत निर्णय गरेको रामोसले आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘रेफ्रीलाई बारम्बार मेस्सीले दबाब दिएका थिए । उनलाई टनेलमा समेत दबाब दिने काम भयो ।’
पहिलो हाफमा नै बार्सिलोना दश जनामा सिमित भएको थियो । तर, खेल भर बार्सिलोनाले राम्रो पकड बनाएको थियो ।
The post लियोनल मेस्सीमाथि रामोसले लगाए यस्तो आरोप appeared first on Sajha Post.