एजेन्सी, २५ वैशाख । च्याम्पियन्स लिगबाट बहिरिएपछि बार्सिलोनाको व्यापक आलोचना भयो । रोमाले ऐतिहासिक कमब्याक गर्दै बार्सिलोनालाई पराजित गरेको थियो ।
क्लब प्रमुख बार्तेमोउले बार्सिलोना च्याम्पियन्स लिगमा सन्तुलित हुन अझै समय लाग्ने बताएका छन् । उनले लियोनल मेस्सीबारे पनि मुख खोलेका छन् ।
उनले भनेका छन्, ‘हालसम्म धेरै क्लबले लियोनल मेस्सीप्रति चासो देखाएपछि कति मुल्य भनेर हालसम्म सोधेका छैनन् ।’
यस सिजन ला लिगा र कोपा डेल रेको उपाधि जितेको बार्सिलोनालका स्टार खेलाडी लियोनल मेस्सीले शनिबार रियल मड्रिडविरुद्ध सानदार गोल गरेका थिए ।
बार्तेमोउ भन्छन् ‘लियोनल मेस्सीसँग अझै दुई वा तीनवटा च्याम्पियन्स लिग जित्ने समय छ । उनले फुटबलबाट सन्यास लिनुपुर्व जित्नछन् भने क्लबको विश्वास छ ।’
‘रियल मड्रिडको च्याम्पियन्स लिगमा सन्तुलित खेल छ । त्यो माहोल बार्सिलोनाले पनि केही वर्षमा नै बनाउने कुरामा हामी आशावादी छौ ।’, उनले भने ।
The post ‘लियोनल मेस्सीसँग अझै दुई तीनवटा च्याम्पियन्स लिग उपाधि जित्ने समय छ’ appeared first on Sajha Post.